Rule 11
म्याद तामेली पछिको कारबाही
(१) नियम ९ बमोजिम म्याद तामेल भई आएपछि
म्याद तामेल गर्न जाने कर्मचारीबाट आवश्यकता अनुसार प्रतिवेदन समेत लिई
स्रेस्तेदारले रीतपूर्वक म्याद तामेल भए नभएको सम्बन्धमा जाँच गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँच गर्दा रीतपूर्वक म्याद तामेल भएको भए
तामेली म्यादको प्रति सम्बन्धित फाइल संलग्न गर्न र रीतपूर्वक तामेल भएको नदेखिएमा
पुन तामेल गर्न लगाउनु पर्नेछ ।